News

नेपाली प्रशिक्षकसंग हङकङको राष्ट्रिय तेक्वानडो टिम कोरिया तर्फ

आशिष साम्पाङ  ‘महेश’, नेप्सटाईम, 27 Oct, 2012 03:11:14 pm

साभार : http://www.nepstime.com

हङकङ, २३ अक्टोवर २०१२ ।

हङकङको राष्ट्रिय तेक्वानडो टिम नेपाली प्रशिक्षक तुलसीकुमार गुरुङ तथा अन्य एक प्रशिक्षक सहित ६ जना तेक्वान्दोका राष्ट्रिय खेलाडी कोरियातर्फ लागेका छन्।

image

कोरियामा हुन लागेको सातौं खुल्ला अर्न्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन हङकङको राष्ट्रिय तेक्वान्दो समुह त्यसतर्फ लागेको हो। कोरिया तेक्वान्दो संघले आयोजना गरेको उक्त्त प्रतियोगिता कोरियाको ख्योङ्जु–सीमा २५ अक्टोवरबाट सुरु हुनेछ। दुई विधामा बाडिएको प्रतियोगितामा स्पाइरिङ र प्याट्रन गरि विभिन्न तहका प्रतियोगिताहरु हुनेछन्। प्रतियोगिताको अन्तमा ३० अक्टोवरका दिन विभिन्न देशका खेलाडीहरुलाई विदाई गर्ने कार्यक्रम छ।

ब्रिटिस शासनकालमा नेपाली तेक्वान्दो खेलाडीले हङकङको प्रतिनिधि गर्दै अर्न्तराष्ट्रिय प्रतियोगिता भाग लिएको ईतिहास भएपनि सन् १९९७ पछि कुनै नेपाली हङकङको राष्ट्रिय तेक्वान्दो समुहमा खेलाडीको रुपमा समावेश हुन सकेको छैन्। तर हङकङ तेक्वान्दो संघका राष्ट्रिय तेक्वान्दो समुहलाई प्रशिक्षण दिनेहरु मध्ये तुलसीकुमार गुरुङ एकमात्र नेपाली प्रशिक्षक हुन । तुलसीकुमार गुरुङ हङकङ नेपाली तेक्वान्दो संघ (एचकेएनटिए) को स्थापनाकाल देखिकै अध्यक्ष हुन भने गतसाल सन् २०११ मा नेपालमा भएको प्रथम एभरेष्ट अर्न्तराष्ट्रिय प्रतियोगितामा पनि प्रशिक्षकको रुपका नेपाल गएका थिए।

अर्न्तराष्ट्रिय नेपाली तेक्वान्दो संघ (INTA)को शाखा  हङकङमा

आशिष साम्पाङ  ‘महेश’, 23 Apr, 2012 01:21:31 pm

२३ अप्रिल २०१२, हङकङ ।

सन् २०१०मा स्थापना भएको अर्न्तराष्ट्रिय नेपाली तेक्वान्दो संघ International Nepalese Taekwondo Association (INTA) USA ले आफ्नो शाखा संगठनको रुपमा यूके, कोरिया हुदै हङकङमा पनि बिस्तार गरेको छ। यस संघले शाखाको रुपमा सन् २ जनवरी २०१२ मा ङमरजंग गुरुङको अध्यक्षतामा यूकेमा र सन् २६ फेब्रुअरी २०१२ मा यादव कुँवरको अध्यक्षतामा कोरियामा गठन गरिसकेको छ। अर्न्तराष्ट्रिय नेपाली तेक्वान्दो संघ International Nepalese Taekwondo Association (INTA) USA का अध्यक्ष यामबहादुर पुन रहेका छन्।

INTA%20HK530

राजु खड्काको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति गठन भएको हो। सो गठन कार्यक्रम न्यू जेनेरेसनको यून लोङ डोजाङ्गमा कृष्ण गुरुङ, नातिकाजी गुरुङ र उत्तरशेर राईले संयुक्तरुपमा संचालन गरेका थिए। हङकङमा लगभग एक दर्जन तेक्वान्दो डोजाङ रहेपनि कार्यक्रममा हङकङ फरेनर तेक्वान्दो संघ, न्यू जेनेरेसन र एभरेष्ट तेक्वान्दो एकेडेमी गरी तीन डोजाङको सहभागिता रह्यो भने अन्य आधा दर्जनजति स्वतन्त्र तेक्वान्दो खेलाडीको उपस्थिती थियो।

आयोजकबाट हङकङमा डोजाङ संचालन गर्ने सबैसंग सम्पर्क गरेको भनाई आएपनि टप माउण्टेन तेक्वान्दो डोजाङलाई भने आधिकारिक जानकारी र आमन्त्रण नआएको संघका प्रशिडेण्ट गणेशबहादुर गुरुङले बताएका छन्। स्मरण रहोस यहि वर्ष सो संघका प्रेसिडेण्टलाई हङकङ नेपाली महासंघले नेपाली समाजमा खेलबाट दिएको योगदानको मुल्याङ्कन गर्दै कदर पत्रले सम्मान गरेको थियो।

International Nepalese Taekwondo Association (INTA) को उदेश्य देश र विदेशमा रहेका नेपाली तेक्वान्दो खेलाडीहरुलाई एकिकृत गर्दै, एक आपसमा सहयोग र भाइचारा सम्वन्ध कायम गरि देश र विदेशका नेपाली तेक्वान्दो खेल र खेलाडीको विकास गराउँनु रहेको छ। गत साल सन् २०११ मा नेपाल तेक्वान्दो संघ र INTA ले संयुक्तरुपमा 1st Mt. Everest International Taekwondo Championship  १५ मुलुकका २०० खेलाडीको सहभागिता गराई सम्पन्न गरेको खेलमा हङकङका राष्ट्रिय टिमका खेलाडीको समेत सहभागिता रहेको थियो।

दुई वर्षको कार्यकाल रहनेगरि गठन भएको INTA (इन्टा) हङकङको कार्यसमितिमा क्रमश अध्यक्षमा राजु खड्का, उपाध्यक्षद्वयमा रबीन नाल्बो र होमरसाद गुरुङ, सचिवमा उत्तरशेर राई, सह–सचिवद्वयमा नातिकाजी गुरुङ र दिल पालुङ्वा, कोषाध्यक्षमा बल गुरुङ, सह– कोषाध्यक्षमा दिलप्रसाद लिम्वू रहेका छन्। सदस्यहरुमा मिलन राई, डम्बरविक्रम सुब्बा, विनोद पुन, गोकुल तामाङ, मेख थापा, खड्ग गुरुङ,ईन्द्र गुरुङ, अधिराज राई, सान्तवीर लिम्वू, नेरेस लिम्वू, सुजन तुलाचन, समित सम्वाहाम्फे र चेतन गुरुङ रहेका छन्।

कार्यसमितिले संघको विधान मसौदा तयारगरि विधान बनाउने कार्यक्रम अघिल्लो कार्यक्रम रहने बताएको छ। विधान बनाउने सवालमा INTA को मर्मलाई सम्मान गर्दै हङकङको राष्ट्रिय तेक्वान्दो संघ संग नबाझिने, स्थानीय निति नियमसंग मिल्दो विधान बन्ने र त्यसका लागि हङकङका सम्वन्धित वरिष्ठ व्यक्तिहरूसंग परामर्स गर्ने अध्यक्ष राजु खड्काले बताएका छन्।

हङकङ नेपाली तेक्वान्दोको दशौं वार्षिक उत्सव

आशिष साम्पाङ  ‘महेश’

नेप्सटाईम, 28 Mar, 2012 10:39:56 pm

१९ फेब्रुवरी २०१२ हङकङ ।

हङकङ नेपाली तेक्वान्दो संघ अन्तर्गतका ५ वटा क्लबहरू (डोजाङ), स्थानिय नेपाली र चाईनिज क्लबहरू लगायत मुख्यभूमि चीनको गोञ्जाउ तथा सेनजेनबाट गरि १७ वटा तेक्वान्दो क्लबका ३७३ खेलाडीहरूका विच प्याट्रन तर्फ २३ श्रेणी र स्पाईरिङ तर्फ २० वटा श्रेणीमा बिभाजित प्रतियोगिता आयोजना गरि संघले आफ्नो दशौं वार्षिक उत्सव मनाएको छ ।

396996_247371282013230_100002210801113_578599_1320899011_n

बिगतको भन्दा निक्कै व्यवश्थित तरिका तथा अंक गणनाको लागि बिधुतिय उपकरणहरू उपयोग गरिएको प्रतियोगिताको बिशेष अवसरमा संघका अध्यक्ष तुल्सीकुमार गुरुङको मन्तव्य संगै बिकुल फुकेर उपश्थित सम्पूर्ण खेलाडी, अफिसियल तथा दर्शकहरूलाई स्वागत गरिएको थियो । नेपाली बाणिज्यदूत किरण शाक्य प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा ईण्डोनेसियन कन्सुलर, पहिलो वार्षिक उत्सवका मेडल प्रायोजक श्रीमति गंगाकुमारी गुरुङ, सोपाल समाजका धर्म गुरुङ लगायत अन्य संघसंस्थाका प्रतिनिधिहरूको उपश्थिति रहेको थियो ।

प्रतियोगिताको क्रममा एक महिला खेलाडी चोटग्रस्त भएकोले अस्पताल लगिएको थियो भने हङकङको नेपाली तेक्वान्दो क्लबहरूमा बलियो क्लबको रूपमा रहेको न्यू जेनेरेसनको भने यसपालि उपश्थिति देखिएन । स्मरण रहोस गतसालको मे महिनाको १० तारिख हङकङ तेक्वानन्दो संघले आयोजना गरेको राष्ट्रिय स्तरको प्रतियोगितामा न्यू जेनेरेसनका गोकुल तामाङले स्वर्ण तथा ओमप्रसाद गुरुङले काँस्य पदक जितेका थिए । सन् २००५ साल पछि उक्त प्रतियोगितामा स्वर्ण पदक जित्ने न्यू जेनेरेसनका खेलाडी मात्र हुन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

%d bloggers like this: